जीतपुरसिमरा-३ का वडाध्यक्षविरुद्ध बिशेष अदालतमा आरोपपत्र दायर

नेपालभ्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीबाट लिएको पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका क्षेत्रीलाई सजाय माग गर्दै आयोगले बुधबार आरोपपत्र दायर गरेको हो ।

आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved