प्रक्रिया पूरा भएका कम्पनीको आइपीओ निष्कासन गर्न नरोकियोस् : अध्यक्ष ढकाल

नेपालभ्युज

प्रक्रिया पूरा भएका कम्पनीको आइपीओ निष्कासन गर्न नरोकियोस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन् ।

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले करिब २५ देखि ३० वटासम्म कम्पनीहरू नियमित आइपीओमा लैजानका लागि लाइनमा रहेको भए पनि केही महिना यता रोकिएको बताए । उनले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपीओ निष्कासन गर्न दिनुपर्ने बताए ।

धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपीओ निष्कासन रोक्नु नहुने उनको धारणा छ ।

‘करिब २५ देखि ३० वटासम्म कम्पनीहरू जुन एउटा रेगुलर आइपीओमा लैजानका लागि लाइनमा छ । त्यो धेरै महिनाअघिबाट रोकिएको अवस्था छ’, उनले भने ‘प्रक्रियामा भएको र प्रक्रियाको अन्तिम चरणमा पुगेको कम्पनीलाई आइपीओ निष्कासन गर्न दिनुपर्छ ।’

अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसाबले सन्देश गइरहेको कुराले आम सर्वसाधारणलाई अन्योल सिर्जना गरेको बताए । नेपालमा लगानी गर्ने वातावरणमा विशेष ध्यान दिन आवश्यक रहेको विषयलाई उनले औंलाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved