संसद बैठक बस्दै, दलका नेताहरुले धारणा राख्ने

नेपालभ्युज

संसद बैठक बस्दै, दलका नेताहरुले धारणा राख्ने

काठमाडौं  । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सोमबारदेखि सुरु भएको संसदको दोस्रो बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ ।

त्यस्तै, सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ । आजको बैठकले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी गराउने प्रतिनिधिसभाले बनाएको क्यालेन्डरमा उल्लेख छ ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि  छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved