संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसद्को महासचिवमा नियुक्त गरेका हुन् ।

नेपालभ्युज

संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

काठमाडौं । संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसद्को महासचिवमा नियुक्त गरेका हुन् ।

महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई महासचिवमा सिफारिस गरिएको हो । सिफारिसको झण्डै दुई महिनापछि अहिले उनलाई महासचिवमा नियुक्त गरिएको पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।

उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए ।

गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई महासचिवमा पाण्डेयलाई सिफारिस गरेको पत्र बुझाएका थिए ।

प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षको सिफारिसमा संघीय संसद्को महासचिव राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

महासचिव सिफारिस भएको २ महिना पुग्नलाग्दासमेत नियुक्ति नभएपछि राष्ट्रपति कार्यालयले एउटै ब्यक्तिलाई दुई पदमा नियुक्ति गर्न नमिल्ने तर्क गरेपछि नियुक्ति हुनुअघि पाण्डेयले सचिवबाट राजीनामा दिएका थिए ।

प्रतिनिधिसभा सचिवबाट राजीनामा स्विकृत गरेर राष्ट्रपतिले पाण्डेयलाई मंगलबारै महासचिवमा नियुक्त गरेका हुन् ।

कानुनका जानकारसम‍ेत रहेका पाण्डेयसँग संसदीय अनुभव भने कम रहेको छ । उनी दश महिनाअघिमात्रै प्रतिनिधिसभाको सचिवमा राजनीतिक नियुक्त भएका थिए । महासचिव जस्तो संसदीय प्रशासनको सर्वोच्च पद उनका लागि चुनौतीपूर्ण बन्न सक्ने संसदीय मामिलाका जानकारहरु बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved