यस्ता छन् नेपाल टेलिकमका वार्षिकोत्सव अफर

नेपालभ्युज

यस्ता छन् नेपाल टेलिकमका वार्षिकोत्सव अफर

काठमाडौं । नेपाल टेलिकमले एनटी एनिभर्सरी अफरअन्तर्गत विभिन्न सुविधाहरु उपलब्ध गराएको छ ।

गत वर्षको एनिभर्सरी अफरअन्तर्गतको २० एमबीपीएस डाटा, एउटा टेलिफोन र एउटा एनटीटीभीसहितको एफटीटीएच कम्बो प्याकेज खरिद गरेका ग्राहकले साविकभन्दा करिब १५ प्रतिशत कम मूल्यमै ५० एमबीपीएस क्षमताको एफटीटीएच प्याकेज नवीकरण गर्न सक्ने अफर ल्याएको हो।

यसअनुसार नयाँ ग्राहक एवम् अन्य प्याकेज नवीकरणको हकमा साविककै मूल्यमा स्पिड अभिवृद्धि गरी २५० प्रतिशतसम्म पुर्‍याइएको कम्बो प्याकेज खरिद गर्न सक्ने टेलिकमले जनाएको छ।

त्यसैगरी नयाँ एफटीटीएच सेवा खरिद गर्दा एक थान प्रिपेड सिमकार्ड निःशुल्क प्रदान गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved