दाङमा होस्टेल जानेक्रममा छात्रामाथि सामूहिक बलात्कार

नेपालभ्युज

दाङमा होस्टेल जानेक्रममा छात्रामाथि सामूहिक बलात्कार

काठमाडौं । दाङको तुलसीपुरमा एक छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।

शनिबार बेलुकी घरबाट होस्टेल जानेक्रममा ती छात्रालाई नर्सरीमा लगेर बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का किशोरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

एक किशोरले ललाइफकाइ छात्रालाई तुलसीपुर–११ गैरागाँउस्थित नर्सरीमा पुर्‍याएर दुबैले सामूहिक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ।

घटनासम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved