आरती साहका आमा र भाइ सिंहदरबारबाट पक्राउ

नेपालभ्युज

आरती साहका आमा र भाइ सिंहदरबारबाट पक्राउ

काठमाडौं । स्वर्गीय आरती साहलाई न्याय माग गर्दै आन्दोलनरत आमा निर्मलादेवी र भाइ प्रेमलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्न खोजेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू दुवै जनालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् ।

आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

गत मंसिरमा सर्वोच्च अदालतले मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने ससुरा मदनमोहन एक लाख धरौटीमा छुटेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved