स्थापना दिवसका अवसरमा पशुपति परिसरमा सरसफाइ

नेपालभ्युज

स्थापना दिवसका अवसरमा पशुपति परिसरमा सरसफाइ

काठमाडौं । काठमाडौं प्रेस चौतारीले स्थापना दिवसको अवसरमा पशुपति मन्दिर परिसरमा सरसफाइ गरेको छ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा पशुपति मन्दिर परिसर सरसफाइ गरेको हो ।

सरसफाइ कार्यक्रममा एमाले काठमाडौं महानगरपालिकाका इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयाँल पनि सहभागी थिए । उनले प्रेस चौतारीले नेपालको क्रान्तिमा खेलेको भूमिका अद्वितीय रहेको बताए ।

उनले भने, ‘नेपालमा तीनवटा क्रान्ति भए । यसले समुन्नत नागरिक र मुलुक निर्माणका लागि आधार बनेको छ । यसकै आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति कार्यान्वयनमा छ । यद्यपि मुलुक र जनताका लागि गर्नुपर्ने काम धेरै बाँकी छन् ।’

मुलुक परिवर्तनका लागि राजनैतिक कर्मले मात्रै नपुग्ने बताउँदै उनले आर्थिक, सामाजिक, संस्कृति रुपान्तरणमार्फत् जनताको अपेक्षाअनुसार समाज निर्माण गर्न प्रेस स्वतन्त्रता दर्बिलो अङ्ग भएको बताए ।

यस्तै, काठमाडौं प्रेस चौतारीका सचिव लक्ष्मण शर्माले आगामी दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा एमाले काठमाडौं महानगरपालिकाका इन्चार्ज तथा पूर्वमन्त्री फुयाँल, जनप्रतिनिधि तथा काठमाडौं महानगरको उपसचिव सिर्जना भेटुवाल, काठमाडौं महानगर कमिटी सचिवालय सदस्य तथा वडा नम्बर ७ का इन्चार्ज कृष्णमणि भट्टराई र पशुपति विकास कोषका पूर्वसञ्चालक सदस्य आशा पाण्डेलगायतको उपस्थिति थियो ।

यस्तै, प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा सङ्गठन प्रेस चौतारी नेपालको २६औँ स्थापना आज दिवस देशभर मनाउँदै छ । अध्यक्ष गणेश बस्नेतका अनुसार २६औँ स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना तय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved