सामाजिक संजालमा नाबालिकाको चरित्र हत्या गर्ने पक्राउ

नेपालभ्युज

सामाजिक संजालमा नाबालिकाको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौं । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-१० मानाटोलका ३७ वर्षीय राजकुमार महर्जन रहेको प्रहरीले जनाएको छ ।  महर्जनलाई प्रहरीले गत बिहीबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार उनले नाबालिकाको नाम र तस्बिर राखेर नक्कली फेसबुक अकाउन्ट बनाएका थिए।  उनले उक्त अकाउन्टबाट नाबालिकाका साथीहरूलाई अश्लिल मेसेज पठाउने गरेको खुलेको छ ।

काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved