संसद् अधिवेशन:

दुवै सदनको सम्भावित कार्यसूची सार्वजनिक, शीर्ष नेताले बुधबारमात्रै शुभकामना मन्तव्य राख्‍ने

प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक सोमबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको बन्ध्रौ र प्रतिनिधिसभाको तेस्रो अधिवेशन सुरु हुन लागेको हो । 

नेपालभ्युज

दुवै सदनको सम्भावित कार्यसूची सार्वजनिक, शीर्ष नेताले बुधबारमात्रै शुभकामना मन्तव्य राख्‍ने

काठमाडौं। संघीय संसद सचिवालयले संघीय संसद्‍का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको सोमबार सुरु हुने अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक सोमबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको पन्ध्रौ र प्रतिनिधिसभाको तेस्रो अधिवेशन सोमबार सुरु हुन लागेको हो ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाको ७ र राष्ट्रिय सभाको ६ वटा बुँदा समेटिएका छन् ।

दुवै सदनको सम्भावित कार्यसूचीको १, २ र ३ नम्बर बुँदामा बैठक आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, कार्यभार तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रलाई कार्यसूचीमा राखिएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकका सम्बन्धमा सन्देशसहित प्राप्त विधेयक टेबुल गर्ने कार्यसूची छ ।

यस्तै सोमबारको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो सम्सोधन) अध्यालेश पेश गर्नेछन् ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फकाउ आदेश सदन समक्ष पेस गर्ने सचिवालयले जनाएको छ।

यस्तै राष्ट्रिय सभामा राष्ट्रियसभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० र कानुन मन्त्री गुरुङले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फकाउ आदेश सदन समक्ष पेस गर्ने सचिवालयले जनाएको छ।

सामान्यतः अधिवेशनको पहिलो बैठकमा दलका संसदीय दलका नेता, प्रमुख सचेतकहरुले अधिवेशन सफलताको शुभकामनासहित धारणा राख्ने प्रचलन रहे पनि बुधबारको बैठकमा मात्रै धारणा राख्ने गरी कार्यतालिका तय भएको संदीय संसद सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved