कार्यान्वयनको सुनिश्चिततासहित विधेयक पारित गर्नुपर्छ : सभामुख घिमिरे

नेपालभ्युज

कार्यान्वयनको सुनिश्चिततासहित विधेयक पारित गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसद्‍बाट विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

आइतबार संघीय संसद भवनको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्नुपर्ने बताएका हुन् ।

संसदको सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको घिमिरेले बताए ।

प्रि-बजेट छलफलका लागि कानूनी प्रवन्ध अध्यादेशमार्फत् आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved