मोटरसाइकल दुर्घटनामा युवतीको मृत्यु

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा युवतीको मृत्यु

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाको भरतताल नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा मोटरसाइकल पछाडि सवार बरहथवा नगरपालिकाकी १९ वर्षीया अस्मिता रायको मृत्यु भएको हो ।

भरत तालबाट बरहथवातर्फ जाने सडकमा मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा पर्दा भई पल्टिँदा अस्मिता गम्भीर घाइते भएकी थिइन् । उनको जिल्ला अस्पताल रौतहटमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक २६ वर्षीय मुन्ना यादव घाइते भएका छन् । यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved