अर्खाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु, २ गम्भीर घाइते

नेपालभ्युज

अर्खाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु, २ गम्भीर घाइते

काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका ९ ढाँकाबाङमा लु १ ज १६६९ नम्बरको जिप शनिबार बिहान भीरबाट खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका भूमिकास्थान २ कि ३४ वर्षीया देवा बेलबासे र सन्धिखर्क नगरपालिका ८ कि ४२ वर्षीया देमकला आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रतीत सिंह राठौरका अनुसार उनीहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा गभ्मीर घाइते भएका पाणीनी गाउँपालिका १ कि २६ वर्षीया कोपिला पोखरेल र उनका ३ महिनाका छोरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ओरालो बाटोमा न्युट्रलमा राखेर चालक पसल गएका बेला जिप गुडेर भीरबाट खसेको प्रहरीले जनाएको छ।

चालक बसन्त खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved