एमाले संसदीय दलको बैठक बस्दै, ओलीले प्रशिक्षण दिने

नेपालभ्युज

एमाले संसदीय दलको बैठक बस्दै, ओलीले प्रशिक्षण दिने

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । शनिबार र आइतबार दुई दिनका लागि दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

उनका अनुसार बैठक शनिवार १२ बजेबाट संसद् भवनमा बोलाइएको छ । सो बैठक आइतबार पनि बस्नेछ । बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने बताइएको छ ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved