दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा

नेपालभ्युज

दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा

काठमाडौं । दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले अस्ट्रेलियालाई २–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ४२ औँ मिनेटमा क्रेग गुडविनले गरेको गोलको मद्दतले अस्ट्रेलिया जीतको नजिक पुगेपनि इन्जुरी समयमा सन ह्युङ मिनलाई लेविस मिलरले फल हानेपछि ह्वाङ हि चानले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए ।

निर्धारित समयमा खेल बराबरीमा सकिएपछि अतिरिक्त समयको १ सय ४ औँ मिनेटमा सनले उत्कृष्ट गोल गर्दै टोलीलाई जीताए ।

सन् १९६० मा पछिल्लो पटक एसियन कपको उपाधि जितेको दक्षिण कोरियाले मंगलबार हुने सेमिफाइनलमा जोर्डनसँग भिड्नेछ ।

पहिलोपटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको जोर्डनले तजाकिस्तानलाई १–० ले हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved