शनिबार देशका पहाडी भू-भागमा आंशिक बदली

नेपालभ्युज

शनिबार देशका पहाडी  भू-भागमा आंशिक बदली

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागको मौसम सफा रहनेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । महाशाखाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

आइतबार भने देशभर साधारणतया बदली रहने महाशाखाको अनुमान रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेने महाशाखको पूर्वानुमान रहेको छ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ आ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved