कांग्रेस संसदीय दलको बैठकमा विनोद चौधरीले गराए भाइ अरुण चौधरीबारे ध्यानाकर्षण

नेपालभ्युज

कांग्रेस संसदीय दलको बैठकमा विनोद चौधरीले गराए भाइ अरुण चौधरीबारे ध्यानाकर्षण

काठमाडौं । व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीले शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोलेका छन् ।

उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा बिहीबार पक्राउ परेका सहोदर भाइ अरुण चौधरीका बारेमा बोलेका हुन् ।

प्रमुख सचेतक रमेश लेखकका अनुसार विनोद चौधरीले संसदीय दलका नेता एवम् सांसदहरूको ध्यानाकर्षण गराएका छन् ।

“उहाँले अरुण चौधरीबारे जानकारी दिनुभयो र त्यो कुरालाई गम्भीरताका साथ लिन नेता तथा सांसदहरूको ध्यानाकर्षण गराउनुभयो,” प्रमुख सचेतक लेखकले भने ।

बिहीबार जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरी ग्रान्डी अस्पतालमा छन् । नियमित स्वास्थ्य जाँचका लागि चिरायू अस्पताल पुगेका उनी त्यहाँबाट शुक्रबार ग्रान्डी रिफर भएका हुन् ।

उनलाई अदालतले थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved