ड्युटीमै रहेका प्रहरी जवानमाथि छुरा प्रहार

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि कार्यालयभित्रै छुरा प्रहार भएको छ ।

नेपालभ्युज

ड्युटीमै रहेका प्रहरी जवानमाथि छुरा प्रहार
सांकेतिक तस्वीर

सर्लाही। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि कार्यालयभित्रै छुरा प्रहार भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार कार्यालयमै छुरा प्रहार भएको हो ।

उनका अनुसार कार्यालय बाहिर पुर्वपश्चिम राजमार्गमा सुरक्षा परीक्षण गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको थियो ।

ट्राफिक कार्यालय अगाडि पुर्वपश्चिम राजमार्गमा पश्चिमबाट पुर्व जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर–१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता ओम प्रकाश यादवले जानकारी दिए ।

महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा निजलाई तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखिएको उनको भनाइ छ ।

छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाईते महतोको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved