सुनवलमा टिपर र बस ठोक्किँदा १७ जना घाइते

नेपालभ्युज

सुनवलमा टिपर र बस ठोक्किँदा १७ जना घाइते

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनालाई अस्पताल लगिएको छ । एक जनाको अवस्था गम्भीर छ ।

काठमाडौंबाट बाजुरा जाँदै गरेको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको टिपर बिहीबार राति १० बजेतिर सुनवलको अलकत्रेडाँडामा ठोक्किएका थिए । दुर्घटनामा बसका चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६ जना समान्य उपचारपछि घर अस्पतालबाट फर्किएका छन् । टिपर चालक सुनवल–१० गैंडाखालका सुनिल दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved