आहा रारा गोल्डकपमा चर्च ब्वाईजलाई हराउँदै आर्मी फाइनलमा

उपाधिका लागि थ्री स्टारसँग भिड्ने

नेपालभ्युज

आहा रारा गोल्डकपमा चर्च ब्वाईजलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं। त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा बिहीबार भएको रोमाञ्चक सेमिफाइनलमा चर्च ब्वाईज यूनाईटेडलाई २–१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । यससँगै शनिबार हुने फाइनलमा आर्मी र थ्री स्टार क्लब आमने सामने हुनेछन्।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा आर्मीले बाजी मारेको हो । अतिरिक्त समयको पहिलो हाफमा रासबहादुर मगरले गोल गरे। ९९औं मिनेटमा रासले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाएका थिए । सो पछि गोल भएन र आर्मीले फाइनल यात्रा तय गर्‍यो ।

खेलको निर्धारित समयमा भने आर्मीका लागि दिनेश हेम्जनले गोल गरे। चर्च ब्वाइजका लागि समिर तामाङले गोल फर्काए।

खेलको ६१ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। ८५ र्आैं मिनेटमा गोल समिरले चर्च ब्वाइजका लागि गोल गर्दै खेलललाई १–१ गोलको बराबरीमा पुर्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved