कर्णालीमा वर्षासँगै हिमपात, किसान खुसी

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ ।

कर्णालीमा वर्षासँगै हिमपात, किसान खुसी

सुर्खेत । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ ।

प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोटमा बिहीबार यस वर्षकै पहिलो हिमपात भएको हो । गएको वर्षभन्दा यसवर्ष ढिलोगरी हिउँ परेको हो ।

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका छन् ।

मध्य माघमा पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा रहेको बेला हिमपातले खुसी भएको कालीकोट नरहरिनाथ गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष प्रदीप बोहराले जानकारी दिए ।

‘जौ र गहुँबाली लगाएका किसानलाई राहथत भएको छ’, उनले भने ‘नत्र बाली सुक्न लागेको थियो ।’

माथिल्लो कर्णालीमा हिमपात सुरु भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved