चिया पुन: तताएर पिउनु हुन सक्छ खतरनाक

नेपालभ्युज

चिया पुन: तताएर पिउनु हुन सक्छ खतरनाक

एजेन्सी । चिया चिसो भयो भने फेरि तताएर पिउनुहुन्छ भने सावधान हुनुहोस् । यसले तपाईंको स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।

आउनुहोस् जानौं चियालाई दोस्रोपटक तताएर पिउँदा हुने नोक्सानीबारे ।

  • चिया एकपटक चिसो भएपछि ब्याक्टेरिया उत्पन्न भइहाल्छन् जसले स्वास्थ्यमा हानी पुर्‍याउँछ ।
  • चियालाई पुनः तताएर पिउँदा पाचन सम्बन्धी समस्या हुन सक्छन् जस्तै एसिडिटी, ग्यास, ब्लोटिंग आदि ।
  • एकपटक चिया चिसो भयो भने त्यसमा भएका राम्रा तत्व नष्ट हुन्छन् र पुनः तताएर पिउनु भनेको विषाक्त हुन्छ ।
  • चियामा हुने तत्वले गर्दा स्वादिष्ट लाग्छ तर, यसलाई पुनः तताएर पिउँदा यसको स्वाद पनि तितो हुन जान्छ । जसले स्वास्थ्यमा पनि खराबी गर्छ ।
  • अध्ययनअनुसार चिया बनाएको १५ मिनेट मात्र भएको छ भने त्यसलाई तताएर पिउन सकिन्छ तर, धेरै समय भइसकेपछि पुनः तताएर पिउने गल्ती नगर्नुहोला ।
  • चिया बनाउने समयमा ख्याल राख्नुहोस्, जति आवश्यकता छ त्यति नै बनाउनुहोस् । यसलाई राखेर पुनः प्रयोग नगर्नुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved