प्रधानमन्त्री कप क्रिकेट

पुलिसले दियो लुम्बिनीलाई २४६ रनको लक्ष्य, करण र आरिफको अर्धशतक

नेपालभ्युज

पुलिसले दियो लुम्बिनीलाई २४६ रनको लक्ष्य, करण र आरिफको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २४६ रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको पुलिस ३७.३ ओभरमा २४५ रनमा अलआउट भएको हो।

पुलिसका लागि कप्तान आरिफ शेख र करण केसीले अर्धशतकीय पारी खेले। आरिफले ७६ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ७६ रन बनाए। विष्फोटक ब्याटिङ गरेका करणले भने २७ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ५७ रनको योगदान गरे। कुशल भूर्तेल ४८ रनमा आउट भए ।

लुम्बिनीका लागि नर सार्कीले ४ विकेट लिए। वीर मगरले ३ तथा कृष्णा कार्की र अभिषेक गौतमले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved