प्रधानमन्त्री कप क्रिकेट

कर्णालीले दियो एपीएफलाई २०७ रनको लक्ष्य, हिमान्शु र अर्जुनको अर्धशतक

नेपालभ्युज

कर्णालीले दियो एपीएफलाई २०७ रनको लक्ष्य, हिमान्शु र अर्जुनको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा कर्णालीले एपीएफ क्लबलाई २०७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्णालीले ४४.१ ओभरमा २०६ रनमा अलआउट भएको हो।

कर्णालीका लागि हिमान्शु शाही र अर्जुन घार्तीले अर्धशतकीय पारी खेले। हिमान्शुले ५० बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६२ रन बनाए। अर्जुनले भने ७४ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ५३ रनको योगदान गरे।

एपीएफका लागि भने मौसम ढकालले ३ र अमर रौतेला २ तथा भुवन कार्की र रमेश कुर्मीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved