रुकुम पूर्वमा एक सुत्केरीको सालनाल नझरेपछि हेलिकप्टरमार्फत उद्धार, सुर्खेत ल्याइयो

नेपालभ्युज

रुकुम पूर्वमा एक सुत्केरीको सालनाल नझरेपछि हेलिकप्टरमार्फत उद्धार, सुर्खेत ल्याइयो

सुर्खेत । रुकुम पूर्वमा एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । सिस्ने गाउँपालिका– ६ निवासी २८ वर्षकी सरस्वती डाँगी विष्टलाई हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत ल्याइएको हो ।

सोमबार रुकुम पूर्व अस्पतालमा आएकी विष्टको अप्रेसन गरेर बच्चा निकालिएको थियो ।

बच्चा निकालिसकेपछि पनि सालनाल नझरेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिए ।

उनको बच्चा स्वस्थ जन्मिएको अस्पतालले जनाएको छ । तर, सुत्केरीको सालनाल नझरेको र रक्तस्राव पनि धेरै भएपछि सुर्खेत लैजानुपरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved