प्रधानमन्त्री कप क्रिकेट

कोशीले दियो लुम्बिनीलाई १७३ रनको लक्ष्य

नेपालभ्युज

कोशीले दियो लुम्बिनीलाई १७३ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई १७३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कोशी ४४.४ ओभरमा १७२ रनमा अलआउट भएपछि लुम्बिनीले उक्त लक्ष्य पाएको हो।

कोशीका लागि अंकित सुवेदीले ४९ र सौजन घिमिरेले ४३ रन बनाए।

कोशीलाई कम योगफलमा रोक्न नर सार्कीले ४, वीर मगरले ३, अभिषेक गौतमले २ तथा कृष्णा कार्कीले १ विकेट लिए।

जारी प्रतियोगितामा कोशी अंकविहीन छ भने लुम्बिनीको २ अंक छ । मंगलबारको खेलमा समेत पराजित भए कोशी अंकविहीन हुँदै लिग चरणबाटै बाहिरिने एकमात्र टिम बन्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved