तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिताको उपाधी साजन र श्रीजनालाई

नेपालभ्युज

तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिताको उपाधी साजन र श्रीजनालाई

काठमाडौं । प्रथम तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) को उपाधी पुरुष तर्फ साजन लामा र महिला तर्फ श्रीजना तामाङले जितेका छन्।

उनीहरुले नगद १५ हजारका साथै प्रमाणपत्र प्राप्त गरेका छन्।  त्यस्तै, दोस्रो र तेस्रो स्थानमा पुरुष तर्फ क्रमशः दिपन गुरुङ र बिजय सुनार भए।

यसैगरी महिला तर्फ दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रेणा राई र याङ्ग्ला भोटे भइन्।

उनीहरुले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्राप्त गरे।

बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा माघ १५ गते प्रथम तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) मा पुरुष र महिलाहरुबीच छुट्टाछुट्दै प्रतियोगिता भएको थियो ।

पुरुष तर्फ ३८ जना र महिला तर्फ २० जनाको प्रतियोगितामा सहभागीता रहेको थियो।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पा र १९५३ को सगरमाथा आरोहणको टोलीको सदस्य कान्छा शेर्पाले गरेका थिए।

प्रतियोगिताको उपाधी बिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव टंकलाल घिसिङले नगद पुरस्कार र हेङ्गिङ ब्याच प्रदान गरेका थिए।

साथै विजेताले अन्नपूर्णभ्यू होटल सराङकोटमा एक रात बस्न पाउने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved