म्यान्माका ब्रिगेडियर जनरलको गोली हानी हत्या

नेपालभ्युज

म्यान्माका ब्रिगेडियर जनरलको गोली हानी हत्या
प्रतिकात्मक तस्वीर ।

याङ्गुन ।  हेलिकप्टर अवतरणको तयारीमा रहेको बेला एक ब्रिगेडियर जनरलसहित म्यान्मा सुरक्षा सेवाका चार सदस्यको सोमबार स्नाइपर हमलामा गोली हानी हत्या गरिएको सैन्य स्रोतले एएफपीलाई बताएको छ ।

ब्रिगेडियर जनरल आये मिन नाउङ, उनका निजी सुरक्षा अधिकारी र दुई पाइलटलाई थाई सीमामा रहेको म्यावाडी नजिकैको पूर्वी थिङगान्निनाउङ सहरमा अवतरण गर्न तयार हुँदा एक ‘स्नाइपर’ले गाली हानेको सुरक्षा स्रोतले बताएको छ ।

मिडियासँग कुरा गर्नका लागि अधिकार नभएकाले नाम नछाप्न अनुरोध गर्दै स्रोतले ब्रिगेडियर जनरलको मृत्यु भएको बताएको छ । स्रोतले विवरण नदिई हेलिकप्टरमा सवार दुई अन्य सैनिक ‘बाँचेको’ बताएको छ । कति स्नाइपरले हेलिकप्टरमाथि गोली चलाएका थिए वा गोली हान्ने दोषी को थियो भन्नेबारे स्रोतले केही बताएन ।

हालैका महिनाहरूमा जुन्ताको म्यावाडी वरपर जातीय अल्पसङ्ख्यक लडाकूहरू र सहयोगी ‘पिपुल्स डिफेन्स फोर्स’ समूहहरूसँग नियमितरूमा झडप भएका छन् । स्थानीय मिडियाले घटनापछिको तस्बिर प्रकाशित गरेका छन् जसमा एउटा सानो हेलिकप्टर खेतमा रहेको देखिन्छ । एक स्थानीय आउटलेटले हेलिकप्टर दुई इन्जिन भएको युरोकप्टर ३६५ रहेको बताएको छ ।

ब्रिगेडियर जनरल मुलुकका विभिन्न भागमा आफ्नो विद्रोहको विरोधीहरूको लडाइँका क्रममा अग्रिम मोर्चामा मारिने सबैभन्दा पछिल्लो उच्चपदस्थ अधिकारी हुन् । नोभेम्बरमा चिनियाँ सीमा नजिकै मोनेकोमा एउटा ड्रोनले खसाएको बमबाट लाइफ इन्फेन्ट्री बटालियनका ब्रिगेडियर जनरलको मृत्यु भएको एक सैन्य स्रोतले बताएको छ ।

छिमेकी कोकाङ क्षेत्रमा जातीय अल्पसङ्ख्यक लडाकूहरूको गठबन्धनसामु दुई हजारभन्दा धेरै सैनिकसँग आत्मसमर्पण गरेको आरोपमा छ जना ब्रिगेडियर जनरल हिरासतमा छन् ।

नोभेम्बरमा दुई पाइलट बोकेको एउटा हलुका लडाकू विमान लडाइँ जारी रहेको मुलुकको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको थियो । सैन्य विद्रोहका विरोधीहरू शक्तिहरूले उनीहरूले उक्त विमान खसाएको दावी गरेका छन् । जुन्ताले इन्जिनको विफलताका कारण दुर्घटना भएको बताएको छ ।

सन् २०२१ को सैन्य विद्रोहपछि म्यान्मा द्वन्द्वको चपेटामा परेको छ । धेरै सशस्त्र जातीय समूह विभिन्न मोर्चामा जुन्तासँग लडिरहेका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved