मनाङ मर्स्याङदीलाई टाइब्रेकरमा हराउँदै जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा

नेपालभ्युज

मनाङ मर्स्याङदीलाई टाइब्रेकरमा हराउँदै जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं। जावलाखेल यूथ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा मनाङ मर्स्याङदीलाई टाइब्रेकरमा ७-६ गोलले पराजित गर्दै जावलाखेल सेमिफाइनलमा पुगेको हो । योसँगै सर्वाधिक ६ पटकको उपाधि विजेता मनाङ प्रतियोगिताबाट बाहिरिएको छ ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । पेनाल्टी सुटआउटमा ५-५ प्रहार ४-४ को बराबरीमा सकिएपछिको सडन डेथमा जावलाखेलले बाजी मारेको हो । पेनाल्टीको नवौं प्रहारमा मनाङका रणदीप पौडेल गोल गर्न चुकेपछि जावलाखेलले सेमिफाइनलमा स्थान पक्का गर्‍यो ।

यसअघि हिसुब थपलियाले ५५ औं मिनेटमा गोल गर्दै जवलाखेललाई अग्रता दिलाएका थिए । तर ८९‍औं मिनेटमा राजेश परियारले गोल गरेपछि मनाङ खेलमा फर्किएको थियो । सोपछिको समय र थपिएको ३० मिनेटमा समेत दुवै टोली गोल गर्न असफल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

मंगलबार हुने क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाईज यूनाईटेड आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved