प्रधानमन्त्री कप क्रिकेट : पुलिस फाइनलमा पुग्ने पहिलो टोली, गण्डकी पराजित

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेट : पुलिस फाइनलमा पुग्ने पहिलो टोली, गण्डकी पराजित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ। पुलिस फाइनल पुग्ने पहिलो टोली हो ।

मूलपानी क्रिकेट मैदानमा सोमबार गण्डकीलाई ६ विकेटले हराउँदै पुलिस २ खेल अगाडि नै फाइनलमा पुगेको हो।

लगातार ७ खेलमा जित हासिल गरेको पुलिस १४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। ८ खेलबाट मात्र ४ अंक जोडेको गण्डकी आठौं स्थानमा छ।

१७१ रनको लक्ष्य पुलिसले २४.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो। पुलिसका लागि दिलिप नाथले ५७ रन बनाए ।

अर्जुन साउद ४४ र आरिफ शेख २७ रनमा अविजित रहे। गण्डकीका लागि सन्दीप पराजुलीले २ तथा विपिन खत्री र कमल परियारले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको गण्डकी ३८.३ ओभरमा १७० रनमा अलआउट भएको थियो । गण्डकीका अमृत गुरुङले ५० रन बनाए । कमल परियार र करण पंगेनीले ३०–३० रन बनाए।

गण्डकीलाई सस्तैमा अलआउट गर्न राशिद खानले ५ विकेट लिए । ललित राजवंशी र करण केसीले २–२ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved