सवारी दुर्घटनामा बाबुको मृत्यु, छोरी गम्भिर घाइते

नेपालभ्युज

सवारी दुर्घटनामा बाबुको मृत्यु, छोरी गम्भिर घाइते

काठमाडौं । चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरी गम्भिर घाइते भएकी छन् । बोलेरो गाडीले ठक्कर दिँदा बाबु ४१ वर्षीय मधुसुदन खत्रीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनकी छोरी १५ वर्षीया अपेक्षा खत्रीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नारायणगढ जादै गरेकोे बोलेरोले आइतबार साँझ भरतपुरको शिवघाटमा बाबुछोरी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved