बन्द रहेका उद्योग पुनःसञ्चालन गर्नेबारे प्रधानमन्त्रीले गरे छलफल

नेपालभ्युज

बन्द रहेका उद्योग पुनःसञ्चालन गर्नेबारे प्रधानमन्त्रीले गरे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले  विगतमा राज्यले सञ्चालन गरेर हाल बन्द अवस्थामा रहेका उद्योगहरू पुनःसञ्चालन गर्नेबारे छलफल गरेका छन् ।

यसबारेमा प्रधानमन्त्री दाहाले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गम्भीर छलफल गरेका हुन् । हेटौंडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरूपुन: सञ्चालन गर्ने विकल्पबारे गहन छलफल भएको प्रधानमन्त्रीले जनाएका छन् ।

उनले  पब्लिक–प्राइभेट–पार्टनरसीप (PPP) मोडेलमा ती उद्योगहरू फेरि सञ्चालन गर्ने ठोस प्रस्ताव एक हप्ताभित्र पेश गर्न मन्त्रालयलाई निर्देशित समेत गरेको जानकारी दिए ।

उनले भने, ‘विश्वास छ यस प्रयासले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्नुका साथै उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा कोशेढुंगाको काम गर्नेछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved