प्रधानमन्त्री कप क्रिकेट

आर्मीसँग कर्णाली १६४ रनको फराकिलो अन्तरले पराजित

नेपालभ्युज

आर्मीसँग कर्णाली १६४ रनको फराकिलो अन्तरले पराजित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार २८० रनको लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा ११५ रनमा अलआउट भएको हो। कर्णालीका लागि हिमान्शु शाहीले १९ र दिवान पुनले १८ रन बनाए।

आर्मीका विवेक यादव र कुशल मल्लले ३–३, सोमपाल कामीले २ तथा शाहब आलमले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको आर्मीले पूरै ओभर खेलेर ५ विकेट क्षतिमा २७९ रन बनाएको थियो । आर्मीका विनोद भण्डारी १०० रनमा अविजित रहे। प्रतियोगितामा यो उनको दोस्रो शतक हो।

बसिर अहमद भने शतकबाट दुई रनले चुके । उनी ९८ रनमा अविजित रहे। कर्णालीका दिपेन्द्र रावतले २ तथा प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले १–१ विकेट लिए।

७ खेलमा ५ मा जित हासिल गरेको आर्मी १० अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। ८ खेलबाट ६ अंक जोडेको कर्णाली सातौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved