दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ८३ करोड 

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ८३ करोड 

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज (आइतबार) नेप्से दोहोरो अंकले बढेको छ । गत साताभर राताम्मे रहेको नेप्से यस साता भने कारोबारको पहिलो दिन नै बढेको हो ।

आज नेप्से परिसूचक १० दशमलव ३७ अंकले बढेर २०९४ दशमलव ४६ विन्दुमा पुगेको छ । आइतबार ३०६ कम्पनीको १ लाख ७ सय पटकको कारोबारमा १ करोड ७५ लाख १ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७३ अंकले बढेर ३८० दशमलव २० विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved