दुईवटा संसदीय समितिका बैठक बस्दै

नेपालभ्युज

दुईवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समितिले सिंहदरबारमा बिहान साढे ११ बजे बैठक बोलाएको छ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिले दिउँसो दिउँसो १ बजेका लागि बैठक बोलाएको छ । बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved