संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्छः सभामुख घिमिरे

नेपालभ्युज

संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्छः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्ने बताएका छन् ।

शनिबार मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले संघीयता नेपाल जस्तो मुलुकमा जरुरी थिएन भन्ने कुराहरु धेरै चर्चामा आइरहेको बताए ।

उनले भने, ‘खासगरी संघीयता नेपाल जस्तो मुलुकमा जरुरी थिएन भन्नेकुराहरु धेरै चर्चामा आइरहेको छ । खर्चको बोझ मात्रै भएको छ र संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने बिरोध र टिप्पणीसँगसँगै संविधानमाथि टिप्पणी हुने गरेको छ ।’

उनले संघीयता खर्चको बोझ मात्रै भएको र संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने विरोध र टिप्पणी हुने गरेको बताए । उनले संघीयतालाई सही रूपबाट प्रयोग गर्नसकने यसले ठूला काम गर्नसक्ने बताए ।

‘वास्तवमा संघीयतालाई प्रयोग गर्ने हो भनेदेखि यसले ठूलाठूला कामहरु गर्नसक्छ,’ उनले भने, ‘त्यसैले हाम्रो गाउँघरको उखान छ, जहाँ इच्छा त्यहाँ उपाय । यदि इच्छा गर्ने हो भने केही न केही उपाय आउन सक्छन् ।’

सभामुख घिमिरेले सामाजिक सुरक्षा सम्बन्धी कानूनको कार्यान्वयन गर्न आवश्यक जोड दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved