भिटेनले घोषणा गरे युरोप टुर, पोर्चुगलदेखि सुरु गर्दै बेल्जियम पुगेर टुंगिने

नेपालभ्युज

भिटेनले घोषणा गरे युरोप टुर, पोर्चुगलदेखि सुरु गर्दै बेल्जियम पुगेर टुंगिने

काठमाडौं । र्‍यापर भिटेनले युरोप टुरको घोषणा गरेका छन् । यसअघि उनी अमेरिका गएका थिए । फेब्रुअरी ११ देखि मार्च १० सम्म उनको कन्सर्टको लाइनअप तयार भएको छ ।

पोर्चुगलदेखि सुरु हुने उनको टुर बेल्जियम पुगेर टुंगिनेछ । जसअनुसार पोर्चुगलमा फेब्रूरी ११, फ्रान्समा फेब्रुअरी १३, फिनल्यान्डमा फेब्रुअरी १७, पोल्यान्डमा फेब्रुअरी २१, माल्टामा फेब्रुअरी २३, साइप्रसमा मार्च ३ र बेल्जियममा मार्च १० मा कन्सर्ट कार्यक्रम तय भएको छ ।

भिटेन नेपाली डायस्पोरामा सबैभन्दा डिमान्डेड र्‍यापर हुन् । २०८० सालको सुरुआततिर उनले अमेरिका टुर गरेका थिए ।

छिटफुटरुपमा कुनै एक–दुई देशमा साङ्गीतिक प्रस्तुति दिँदैआएका कलाकारले पछिल्लो समय एक–दुई महिनाकै कार्यक्रम घोषणा गर्न थालेका छन् ।

स्पोटीफाइमा सर्वाधिक सुनिने तथा तन्नेरी पुस्ताका चर्चित गायक सज्जनराज वैद्यले भिसा समस्याका कारण क्यानडाको सो स्थगित भएको जनाएका छन् ।

सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै उनले जनवरी २६ मा टोरन्टोमा हुने भनिएको पूर्वनिर्धारित कन्सर्ट रोकिएको जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved