राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्तारूढ गठबन्धनका उम्मेदारद्वय झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटा विजयी भएका छन् ।

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्तारूढ गठबन्धनका उम्मेदारद्वय झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटा विजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सापकोटा र अन्य कलस्टरमा नेकपा (माओवादी केन्द्र) का झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।

सापकोटा २ हजार ७५६ मतभारसहित निर्वाचित भइन् भने सुवेदीले २ हजार ७५६ मतभार प्राप्त गरे ।

नेकपा (एमाले) बाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved