देशमा युवा रोक्न नबिल बैंकको कदम महत्त्वपूर्ण छ : मन्त्री भण्डारी

नेपालभ्युज

देशमा युवा रोक्न नबिल बैंकको कदम महत्त्वपूर्ण छ : मन्त्री भण्डारी

काठमाडौं । देशमा रोजगारी सिर्जनाका लागि नबिल बैंकको पहल र कामहरू महत्त्वपूर्ण रहेको श्रम स्वरोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले बताएका छन् । नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशका युवाहरू देश नै रित्याएर विदेश पलायन भइरहेको बेला नबिल बैंकको यस आप्रवासी कामदार लक्षित कर्जाले देशमा युवा जनशक्ति फर्काउन र देशमै रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

यस विषयमा नबिल बैंकले सामाजिक उत्तरदायित्व पनि बहन गरेको उनको भनाइ छ ।

‘युवा विदेशीनु दयनीय अवस्था हैन विदेशीएका युवाहरू स्वदेश नफर्कनु र उतै सेटल भएर बस्नु चाहिँ चिन्ताको विषय हो’, उनले भने ‘वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिले सीप सिकेर आएका हुन्छन्, मेहनत गर्न जानेका हुन्छन्, अझ भनौँ केही न केही अनुभव लिएर आएका हुन्छन्, थोर बहुत पुँजी पनि लिएर आएका हुन्छन् । त्यसलाई हामीले प्राथमिकतामा राखेर सहयोग गर्न सक्यौ भने त्यो देशका लागि फाइदाजनक बन्ने छ ।’

कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यकीय गृहकार्य गरिरहेको बताए । आप्रवासी कामदारहरुको सीपलाई आन्तरिक रोजगारीमा ढाल्न सकेन भने देशमा युवा फर्कन सक्ने अवस्था नरहने उनको भनाई छ ।

यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरूलाई स्वदेश फर्कन र स्वदेशमै उद्यम गर्न सहज वातावरण दिने उदेश्यस्वरुप आप्रवासी उद्यमशील कर्जा ल्याएकोमा नबिल बैंकलाई उनले धन्यवाद पनि दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved