प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको तेस्रो जित, लुम्बिनी सात विकेटले पराजित

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको तेस्रो जित, लुम्बिनी सात विकेटले पराजित

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो जित दर्ता गरेको छ।

बिहीबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरमा पराजित गर्‍यो। जितपछि छैठौं स्थानमा उक्लिएको एपीएफको ६ खेलबाट ६ अंक भएको छ। ५ खेलमा एकमात्र जित निकालेको लुम्बिनीको २ अंक छ।

लुम्बिनीले दिएको १३४ रनको मध्यम लक्ष्य एपीएफले २२.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍याे। उसको जितमा क्याप्टेन रोहित पौडेलले ५२ रन बनाए। इक्लाख अहमदको बलमा बोल्ड हुनुअघि रोहितले ४८ बलमा ४ चौका र एक छक्काको मद्दतमा अर्धसतकीय पारी खेले।

पुरन बिक ३३ रनमा नटआउट रहे । लोकेश बमले १६ रन बनाउँदा प्रज्वल शाहीले ५ र अमर राउटेलाले ८ रन बनाए। मोहमद हुसेन, कृष्ण कार्की र इक्लाख अहमदको नाममा एकएक विकेट रह्यो।

यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी रमेश कुर्मीले घातक बलिङ गरेपछि ४१ ओभरमा १३३ रनमा अलआउट भएको थियो। लुम्बिनीका लागि दिलसाद अलीले नटआउट ३९ र मृनाल गुरुङले ३४ रन बनाए। बिराट भण्डारीले २३ र प्रज्वल थापाले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

आफ्नो स्पेलमा रमेश कुर्मीले २ ओभर मेडन फ्याल्दै २९ रन खर्चेर ५ विकेट लिए। यस्तै भुवन कार्कीले ३ विकेट लिँदा रोहित पौडेल र मौसम ढकालको नाममा एकएक विकेट रह्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved