राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु, आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी

नेपालभ्युज

राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु, आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि सबै प्रदेशमा सहजरुपमा मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । मतपरिणाम आजै सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहेको छ । प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।

निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख गरी २ हजार ४७ मतदाताको कुल मतभार ५७ हजार ५५९ हुनेछ । हाल कायमा प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन् ।

प्रत्येक प्रदेशमा रहेका मतदान स्थलमा दुइ ओटा मतदान केन्द्र राखिएका छन् । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान शुरु भएको छ । राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान शुरु भएको हो । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् ।

बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यको निर्वाचन पनि हेटौडामा सुरु भएको छ । चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान मतदान सुरु भएको हो ।
त्यस्तै, अन्य प्रदेशमा पनि सहजरुपमा मतदान भइरहेको विवरणहरु प्राप्त भएको छ।

यसैबीच मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु गएराति बेहोस भएर ढलेका थिए ।

होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भेन्टिलेटरमा राखेर थारुको उपचार भइरहेको बताइएको छ । उनको अझै होस खुलेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved