आजदेखि एक महिने स्वस्थानी व्रत आरम्भ

नेपालभ्युज

आजदेखि एक महिने स्वस्थानी व्रत आरम्भ

काठमाडौं । आजदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना अवधिभर श्रीस्वस्थानी व्रत सुरु हुदै छ । आज पौष शुक्ल पूर्णिमा देखि एक महिनासम्म नेपालका विभिन्न शक्तिपीठमा पूजा आराधना गरिन्छ ।

आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् ।

नेपालको मौलिक परम्पराको रुपमा रहेको स्वस्थानी व्रत विशेषगरी महिलाले गर्ने गर्छन् । भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रतको सुरुवात् हुन्छ ।

बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । कथावाचन कसैले बिहान त कसैले बेलुकी गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved