प्रधानमन्त्री कप क्रिकेट

सुदूरपश्चिमको चौथो जित, कोशी ८ विकेटले पराजित

नेपालभ्युज

सुदूरपश्चिमको चौथो जित, कोशी ८ विकेटले पराजित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमले चौथो जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।

१२४ रनको लक्ष्य सुदूरपश्चिमले २१.१ ओभरमा २ विकेट क्षतिमा पुरा गर्यो। सुदूरपश्चिमका लागि नरेन भट्टले अर्धशतक बनाए । उनले ४९ बलमा ७ चौका प्रहार गर्दै अविजित ५४ रन बनाए।

प्रकाश पाण्डेले अविजित ३४ रन बनाए। कोशीका लागि फिर्दोश अन्सारीले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको कोशी ३२ ओभरमा १२३ रनमा अलआउट भएको थियो। मिनाश थापाले २६ र कप्तान अंकित सुवेदीले २२ रन जोडे। सुदूरपश्चिमका शेर मल्लले ५ र विकास आग्रीले ४ विकेट लिए।

५ खेलबाट ८ अंकजोडेको सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा छ। लगातार ८ खेलमा पराजित कोशी भने पुछारमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved