एनसेल र सामसङबीच ग्यालेक्सी एस२४ सिरिजका लागि साझेदारी

नेपालभ्युज

एनसेल र सामसङबीच ग्यालेक्सी एस२४ सिरिजका लागि साझेदारी

काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउने सम्बन्धमा साझेदारी भएको छ ।

यस साझेदारी अन्तर्गत एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छा अनुसार एनसेलको स्पेसल लक्स नम्बर लिन पाउने छन् ।सामसङ नेपालले शुक्रबारदेखि नै ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ ।

अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन् ।
ग्यालेक्सी एस२४ सिरिज सबै भन्दा विशेष रहेको भन्दै एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गरिने बताए ।

नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ सम्भावनाहरू पहिल्याउन प्रतिबद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा खुसी लागेको उनले बताए ।
सामसङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेको कम्पनीले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved