प्रधानमन्त्री कप क्रिकेट :

कोशीको लगातार सातौँ हार, अर्जुनको अर्धशतकमा कर्णालीको जीत

नेपालभ्युज

कोशीको लगातार सातौँ हार, अर्जुनको अर्धशतकमा कर्णालीको जीत

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा कर्णालीले लगातार सातौँ खेलमा पराजित भएको छ ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कोशी प्रदेश कर्णालीसँग ६ विकेटले पराजित भएको हो।

लगातार ७ खेलमा पराजित भएको कोशी अंकतालिकाको पुच्छारमा छ। तेस्रो जीत हासिल गरेको कर्णाली भने ६ अंकसहित पाँचौँ स्थानमा छ।

कोशीले दिएको १५३ रनको लक्ष्य कर्णालीले २८.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो। कर्णालीको जितमा अर्जुनले अर्धशतकीय पारी खेले। अर्जुनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अविजित ५० रन बनाए।

विपिन शाहीले २८ रन बनाउँदा हिमान्शु शाही भने २४ रनमा अविजित रहे। कोशीका लागि हेमन्त राईले ३ विकेट लिए। कमल खत्रीले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको कोशी ३४.३ ओभरमा १५१ रनमा अलआउट भयो। कोशीका लागि सुजन थपलियाले ७३ रन जोडे। कोशीलाई सस्तैमा प्याक गर्न कर्णालीका लागि दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ र दिवान पुनले २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved