देउवाले दिए मोदीलाई बधाई, भने- राममन्दिर प्राणप्रतिष्ठा समारोह गौरवशाली क्षण

नेपालभ्युज

देउवाले दिए मोदीलाई बधाई, भने- राममन्दिर प्राणप्रतिष्ठा समारोह गौरवशाली क्षण

काठमाडौं । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर (एक्स)मार्फत उनले बधाई दिएका हुन् ।

देउवाले जय श्रीरामको नारासहित अयोध्या प्रकरणमा कांग्रेसको समर्थन जनाएका हुन् । अयोध्यामा राम मन्दिर पुनर्स्थापनाबारे नेपालका राजनीतिक दलबाट आएको यो पहिलो औपचारिक प्रतिक्रिया हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved