वल्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’, स्मार्टवाच खरिदमा भारी छुट

नेपालभ्युज

वल्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’, स्मार्टवाच खरिदमा भारी छुट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले ‘स्मार्ट कोम्बो डिल’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्ड को अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । ४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्टवाच केवल २,२४९ रुपैयाँमा र ३,२९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिने कम्पनीले जनाएको छ ।

यो अफर नेपालभर वल्र्डलिंकका सबै शाखाहरूमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरूका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरूका लागि उपलब्ध छ । साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत निःशुल्क पाउनेछन् ।

यो अफर पाउनकालागि ग्राहकले नजिकैको वल्र्डलिंकको कार्यालयमा जानुपर्नेछ । थप जानकारीका लागि ९८०१५२३०५२ मा कल गरी बुझ्न सकिने वा वल्र्डलिंकको अनलाइन सपोर्टबाट वा नजिकैको शाखा कार्यालयमा गएर बुझ्न सकिने कम्पनीले जनाएको छ । साथै, यो अफर सीमित अवधिको लागि लागु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved