आहा रारा गोल्ड कपको प्रत्यक्ष प्रसारण गर्दै डिशहोम

नेपालभ्युज

आहा रारा गोल्ड कपको प्रत्यक्ष प्रसारण गर्दै डिशहोम

काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्ड कपको २३औँ संस्करणका खेलहरूको प्रत्यक्ष प्रसारण डिशहोमले गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिशहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

डिश र आहाको आयोजक सहारा क्लबबिच गोल्ड कपको बोर्ड कास्टिङ पार्टनरकारूपमा रहनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एप डिशहोम गोमा पनि हुनेछ । एक्सन स्पोर्टसले यसअघि पनि आहा गोल्ड कपको प्रत्यक्ष प्रसारण गरेको थियो ।

९ वटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यस पटकको प्रतियोगितामा सहभागिता जनाउँदै छन् । उद्घाटन खेलमा आयोजक सहारा र थ्री स्टार क्लब आमने सामने हुनेछन् ।

प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबिच स्पर्धा हुनेछ । दुई ‘ए”डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको भेट माघ १२ मा हुनेछ ।

साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।

विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved