प्रधानमन्त्री कप क्रिकेटमा पुलिसले आर्मीलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसले आर्मीलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आज नेपाल पुलिस क्लवले त्रिभूवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ ।

भैरहवामा भएको खेलमा १४१ रनको लक्ष्य पछ्याएको आर्मी ३२.२ ओभरमा १२७ रनमै अलआउट भयो । भीम सार्कीले ५२ रन बनाएपनि आर्मीलाई हारबाट जोगाउन सकेनन् ।

कुशल मल्लले ३५ र विनोद भण्डारीले १९ रन बनाउनुवाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । पुलिसका सागर ढकाल र ललित राजवंशीले ३९३ र राशिद खानले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पुलिसले ३१.४ ‌ओभरमा अलआउट हुनु अघि १४० रन बनाएको थियो । उसका सुनिल धमलाले सर्वाधिक ५२ रन बनाए ।

आर्मीका सोमपाल कामीले ४ तथा साहब आलम र विवेक यादवले २-२ विकेट लिए ।

यो जितपछि पुलिस दोस्रो स्थानमा उक्लिएको छ । आर्मी भने हारपछि छैठौं स्थानमा झरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved