गाडीको हेडलाइट बालेको भन्दै कुटिए गाउँपालिका अध्यक्ष, दुईजना पक्राउ

नेपालभ्युज

गाडीको हेडलाइट बालेको भन्दै कुटिए गाउँपालिका अध्यक्ष, दुईजना पक्राउ

काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले गाडीको पास लाइट बालेको भन्दै कुटाइ खाएका छन् । गत जनकपुरधाम उपमहानगरपालिका–१९ का अशोक राउत र वडा नम्बर ७ का मियाज अलिले कुटेका हुन् ।

उनीहरू पक्राउ परेको धनुषा प्रहरीका प्रवक्ता एव डिएसपी रञ्जन अवाले बताए । अन्य तीनजा भने फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।

राति गाउँपालिका अध्यक्ष यादव जनकपुरधामस्थित जिरोमाइलमा रहेको आफ्नो घर जाने क्रममा उनीमाथि जनकपुरस्थित तपसी चौकमा कुटपिट गरिएको थियो ।
अध्यक्ष यादवको मोबाइल खोस्ने क्रममा उनको औँला भाँचिएको छ।

प्रहरी नियन्त्रण रहेका दुई जनासँग घटनाको विषयमा प्रहरीले सोधपुछ गर्दा उनीहरूले आफू बाटोमा जाँदै गर्दा अध्यक्ष यादवले गाडीको पास लाइट बालेको कारणले सामान्य विवाद भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved